प्रतिनिधिसभामा आज सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

हिमाल प्रेस ६ भदौ २०८१ ६:४४ | Thursday, August 22, 2024
प्रतिनिधिसभामा आज सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जबाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ प्रधानमन्त्रसिँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

बिहीबारको बैठकमा त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ। सांसद डा तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ।

धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ। त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ।

अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: ६ भदौ २०८१ ६:४४ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast