आज शनिबार, शनिदेवको गर्नुहोस् पूजा

हिमाल प्रेस २६ साउन २०८१ ६:४६ | Saturday, August 10, 2024
आज शनिबार, शनिदेवको गर्नुहोस् पूजा

काठमाडौँ- शनिबार भगवान् शनिदेवको पूजा आराधना गर्ने दिन। शनिदेवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ। यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन्।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ। त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ।

ज्योतिषीहरुका अनुसार साढेसाति दशाले ठूलो अनिष्ठ निम्त्याउँछ। शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ। यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

प्रकाशित: २६ साउन २०८१ ६:४६ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast