 दीर्घ सोडारी। फाइल तस्बिर
                             दीर्घ सोडारी। फाइल तस्बिर 
                                            काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदै छन्। आज ४ बजे प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
केन्द्रमा सत्तासमीकरण फेरिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गत असार २० गतेदेखि अल्पमतमा छन्।
३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
                            प्रकाशित: १८ साउन  २०८१ ८:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 