 
                             
                                            काठमाडौँ- न्यायाधीश रामेश्वर रेग्मीको निधनका कारण देशभरका उच्च र जिल्लामा इजलास बन्द भएको छ। उच्च अदालत पाटनले सूचना जारी गरेर आज उच्च अदालत मातहतका अदालत बन्द हुने जनाएको छ। मस्तिष्कको क्यान्सरबाट न्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा गए राति निधन भएको हो।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए। न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो।
न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए।
                            प्रकाशित: ३१ साउन  २०८१ ११:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 