आँचल अभिनीत ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस १ भदौ २०८१ ८:०९ | Saturday, August 17, 2024
आँचल अभिनीत ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार लभ, रोमान्स, धोका, कमेडी र एक्सन समेटिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई मिलन चाम्सको निर्देशन गरेका छन्। फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ।

जानुका थापाको लगानी र अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदीप बरालको डीओपी रहेको छ।

 

प्रकाशित: १ भदौ २०८१ ८:०९ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast