अस्ट्रेलियामा बेरोजगारी दर दुई वर्षयताकै उच्च

हिमाल प्रेस ३१ साउन २०८१ १४:४६ | Thursday, August 15, 2024
अस्ट्रेलियामा बेरोजगारी दर दुई वर्षयताकै उच्च तस्बिर अन्पलान्सबाट

क्यानबेरा- अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ। ‘अस्ट्रेलियान ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ। गत जूनमा यो दर ४.१ प्रतिशत थियो। हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने संकेत पछिल्लो तथ्यांकले देखाएको छ।

एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अस्ट्रेलियालीको कूल संख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ। सोही अवधिमा बेरोजगारको संख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्दछ। यो संख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ।

यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ जसले जनसंख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ। सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको संकेत गरेको एबीएसले जानकारी गराएकाे छ।

प्रकाशित: ३१ साउन २०८१ १४:४६ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast