अवरुद्ध नगरकोट सडक सञ्चालन

हिमाल प्रेस २३ साउन २०८१ ९:२० | Wednesday, August 7, 2024
अवरुद्ध नगरकोट सडक सञ्चालन

भक्तपुर- लगातारको वर्षापछि खसेको पहिरोले मंगलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ। चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, ‘अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ।’ उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए।

प्रकाशित: २३ साउन २०८१ ९:२० | Wednesday, August 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast