अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

हिमाल प्रेस ९ भदौ २०८१ ८:२३ | Sunday, August 25, 2024
अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन्। बाटो खुलाउने प्रयास जारी छ। वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ। रासस

प्रकाशित: ९ भदौ २०८१ ८:२३ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast