ओरेन्टल सहकारीका सुधीर बस्नेतसँग छानबिन विशेष समितिको छलफल

हिमाल प्रेस १६ साउन २०८१ २०:५३
12
SHARES
ओरेन्टल सहकारीका सुधीर बस्नेतसँग छानबिन विशेष समितिको छलफल छानबिन समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफललाई जारी राखेको छ।

सहकारी संस्था बचत रकम दुरुपयोगको छानबिनका लागि निष्कर्षमा पुग्न समितिले छलफललाई निरन्तरता दिएको हो। यसैक्रममा समितिले बुधबार ओरेन्टल सहकारीका सुधीर बस्नेतसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

१२ वर्षदेखि समस्याग्रस्त रहेको उक्त सहकारीले २ अर्ब ९४ करोड बचत फिर्ता गर्न बाँकी रहेको उनको भनाइ छ।

त्यस्तै छलफलका क्रममा बस्नेतले आफूमाथि हजार बढी मुद्दा परेको र सबैको फेस गरेको बताएका थिए। आफूले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा रहेको बताउँदै शर्माले सहकारी सञ्चालनमा देखिएका समस्याका बारेमा जानकारी गराएको समिति संयोजक थापाले उल्लेख गरे।

त्यस्तै समितिले बुधबार नै सहकारी सुरु गर्ने विश्वबन्धु थापासँग पनि छलफल गरेको थियो। सो क्रममा सहकारी क्षेत्रमा देखिएको बेथितिका बारेमा छलफल भएको समिति संयोजक थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =