सडक भासिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी अवागमन ठप्प

हिमाल प्रेस १६ साउन २०८१ १५:५०
22
SHARES
सडक भासिएपछि पूर्वपश्चिम राजमार्गमा सवारी अवागमन ठप्प बाढीले कटान गरेकाे सडक

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर चोक बेलगाछी पुलनजिक पुल भासिँदा सवारी अवागमन ठप्प भएको छ। गएरातिको अविरल वर्षापछि बेलगाछी पुल भासिएको हो।

पुल भासिएपछि झन्डै १२ घण्टादेखि पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन ठप्प भएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भासिएको पुल बनाउने काम भइरहेको जानकारी दिए। उनले सडक कार्यालयलाई भनेर बाटो मर्मत गर्ने काम भइरहेको बताए।

‘सडक कार्यालयलाई बाटो बनाउन भनेका छौं, मर्मत कार्य भइरहेको छ,’ गेलालले भने,‘सकेरै छोड्न भनेका छौं, आजै मर्मतकार्य सकिन्छ।’

प्रमुख जिल्ला अधिकारी गेलालले सडक भासिएपछि छिटपुटरूमा साना गाडीहरू चले पनि ठूला सवारीसाधनलाई डाइर्भट गरिएको जानकारी दिए।

खोलानजिकै सडक भासिएकाले ‘डाइभर्सन’ बनाउन उपयुक्त नदेखिएपछि भासिएको सडकलाई नै मर्मत गर्ने काम भइरहेको उनले बताए।

गएराति २ बजेदेखि पानीको सतह बढ्न थालेपछि बिहान ३–४ बजेतिर सडक भासिएको अनुमान गरिएको छ। सडक भासिएयता पूर्वपश्चिम राजमार्गको यो सडकखण्डबाट सवारीसाधान सञ्चालन हुन सकेको छैन।

 

प्रकाशित: १६ साउन २०८१ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast