सिमलताल पहिरोमा बेपत्ता बस र यात्रु खोज्न चीनसँग सहयोग मागिने

हिमाल प्रेस १६ साउन २०८१ १३:५७
16
SHARES
सिमलताल पहिरोमा बेपत्ता बस र यात्रु खोज्न चीनसँग सहयोग मागिने चितवनको सिमलतालस्थित त्रिशूली नदीमा असार २८ गते दुईवटा बस खसेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी। फाइल तस्बिर

काठमाडौँ- सरकारले सिमलताल पहिरोका कारण त्रिशूलीमा बेपत्ता दुई बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ। आज बुधबार गृहसचिव एकनारायण अर्यालले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भारतसँग सहयोग लिइसकेको र चीनसँग पनि सहयोग लिने बताएका हुन्।

‘सिमलतालमा पहिरोका कारण त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौँ’उनले भनिन्। मुग्लिन-नारायणघाट सडकअन्तर्गत सिमतालमा गत असार २८ गते पहिरोमा परी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए।

ती बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए। हालसम्म २४ वटा शव फेला परेका छन्। अन्य यात्रु र बसको अवस्था अझै बेपत्ता छन्। यात्रु र बस खोज्न भारतीय उद्धार टोली परिचालन गर्दा पनि फेला परेन। सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाको उद्धार टोलीले खोजी गरिरहेको छ।

प्रकाशित: १६ साउन २०८१ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =