दयाहाङको फिल्म ‘कार्साङ’ छायांकनमा

हिमाल प्रेस १६ साउन २०८१ ११:२९
24
SHARES
दयाहाङको फिल्म ‘कार्साङ’ छायांकनमा

काठमाडौँ- अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’ को छायांकन चलिरहेको छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सामा सिनेमाको शुभमुहूर्त गर्दै मंगलबारबाट छायांकन थालिएको हो।

१ महिनाको छायांकन सेड्युल राखिएको फिल्म बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने छ।

फिल्म यम शेर्पाले निर्देशन गर्दैछन्। यो शेर्पाको डेब्यु निर्देशन हो। उनले नै फिल्मको कथा, पटकथा तथा संवाद लेखेका छन्। सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी, माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको अभिनय रहनेछ। यही फिल्मबाट सिर्जना र छिरिङले डेब्यु गर्न लागेका हुन्।

फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा निर्माता प्रधानकै डिओपी रहनेछ। फिल्मको गीतमा मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत, अभि लामाको कोरियोग्राफी रहनेछ।

गोविन्द बोहरा सह–निर्माता रहेको फिलमका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन्।

प्रकाशित: १६ साउन २०८१ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =