पोखरा- पोखरा ६ बैदाम नारेश्वर चोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ। आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ। आगो विद्युत सर्ट भई भएको बताइएको छ ।
बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा ३ बजेर ५ मिनेटमा आगो नियन्त्रणमा आएको थियो । तर, आगलागीले सपिङ सेन्टर जलेर ध्वस्त भएको छ । जसमा सपिङ सेन्टरको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सप पूर्णरुपमा क्षति भएको हो ।
स्याङ्जा आँधीखोला ४ सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए ।
प्रकाशित: १६ साउन २०८१ १०:१७
प्रतिक्रिया