कृषि प्राविधिकले मन्त्रालयमा धर्ना फेरि थाल्ने

हिमाल प्रेस १६ साउन २०८१ ८:४५
6
SHARES
कृषि प्राविधिकले मन्त्रालयमा धर्ना फेरि थाल्ने

काठमाडौँ- कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले आज मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिने तयारी गरेका छन् ।

देशभरका करिब ३०० बढी कृषि प्राविधिक कर्मचारीले काम नगर्ने चेतावनी दिँदै आज मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएर आन्दोलन गर्ने भएका हुन्।

सरकारले समायोजन अध्यादेश ऐनमार्फत २०७५ सालमा कर्मचारीहरूलाई समायोजन गरेपछि वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र तत्काल लोकसेवामार्फत सो कार्य सुरु गर्न माग गर्दै धर्नामा बस्दै आएका उनीहरूले नयाँ कृषि मन्त्रीमा रामनाथ अधिकारी नियुक्त भएसँगै माग सम्बोधनका लागि लिखित रूपमा १५ दिनको समय माग गरेका थिए ।

गत १६ असारदेखि पहिलो पटक मन्त्रालयको प्रवेश द्वारमा १५ दिनसम्म धर्ना बसेका उनीहरूले मन्त्रीबाट आश्वासन पाएपछि आन्दोलन स्थगन गरेका थिए । तर मागका सम्बन्धमा सरकारले चासो नदिएपछि कृषि प्राविधिक पुनः आन्दोलन गर्ने भएका हुन् ।

प्रकाशित: १६ साउन २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast