कति पुग्यो डलरको भाउ?

हिमाल प्रेस १६ साउन २०८१ ६:३१
8
SHARES
कति पुग्यो डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित: १६ साउन २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =