काठमाडौँ– नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पुराना बस सञ्चालनमा रोक लगाउन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ। सरकारले यसलाई नियमन गर्नुपर्छ’, उनले भने, ‘घुम्ती सडकमा छेकबार तथा संकेत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ।’
प्रकाशित: १५ साउन २०८१ १६:३०
प्रतिक्रिया