माओवादी पदाधिकारी बैठक : आज प्रचण्डले जबाफ दिने

हिमाल प्रेस १५ साउन २०८१ ७:२०
16
SHARES
माओवादी पदाधिकारी बैठक : आज प्रचण्डले जबाफ दिने फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जबाफ दिने कार्यक्रम छ। पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएपछि नेताहरूले उठाएको प्रश्नको आज मंगलबार ‘प्रचण्ड’ले जवाफ दिँदै छन्।

हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए । संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन्।

पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकता राख्नुपर्ने नेताहरूको धारणा छ।

नेताहरूको धारणालाई संश्लेषण गरेर प्रचण्डले जबाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ।

प्रकाशित: १५ साउन २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =