सुदूरपश्चिम प्रदेश : ‘दिउँसै टर्च बालेर प्रतिपक्षी दलले खोजे सरकार’

हिमाल प्रेस १४ साउन २०८१ २०:०१
26
SHARES
सुदूरपश्चिम प्रदेश : ‘दिउँसै टर्च बालेर प्रतिपक्षी दलले खोजे सरकार’

काठमाडौँ– सुदूरपश्चिम प्रदेससभाको विशेष अधिवेशनमा सरकारपक्ष उपस्थित नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै टर्च बालेर विरोध जनाएका छन्। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री तथा मन्त्रीहरू उपस्थित नभएपछि प्रतिपक्षी दलका सांसदहरू मोबाइलको टर्च बालेर विरोध जनाएका हुन्।

विशेष अधिवेशनको बैठकमा सरकारको उपस्थिति नदेखिएपछि सदनको मुल ढोकामा ‘दिउँसै टर्च बालेर सरकार खोज्न’ बाध्य भएको प्रतिपक्षी दलहरूले जनाएका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त विज्ञप्ति निकालेर ‘अल्पमतमा परी नैतिकता गुमाइसकेको सरकारलाई राजीनामा गरी मार्ग प्रशस्त गर्न’ मागसमेत गरेका छन्।

प्रदेशसभा बैठकको कारबाही अगाडि बढाउन कम्तीमा एक जना सरकारको मन्त्री उपस्थित हुनुपर्छ। तर, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विशेष अधिवेशनमा सहभागी नहुने रणनीति बनाएका छन।

सरकारको तर्फबाट कोही उपस्थित नभएपछि सोमबार बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ।

अल्पमतमा परिसके पनि सत्ता लम्बयाउने ध्याउन्नमा लागेको सरकारले आफ्नो निहीत स्वार्थपूर्तिका लागि हठात् सदन अन्त्यको सिफारिस गरेको प्रतिपक्षी दलहरूको आरोप छ।

सदन अन्त्यको सिफारिस गरेर सरकारले विपदबारे छलफल गर्ने बाटो बन्द गर्ने कुचेष्टा गरेर विशेष अधिवेशन छल्दै आमनागरिकको समस्या छलफल गर्न नदिने गलत रणनीति अख्तियार गरेको प्रतिपक्षी दलहरूले ठहर गरेका छन्।

 

 

प्रकाशित: १४ साउन २०८१ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast