स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन ऐन परिवर्तन गर्नुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

हिमाल प्रेस १४ साउन २०८१ १८:१३
14
SHARES
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन ऐन परिवर्तन गर्नुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नमाथि सोमबार जबाफ दिँदै मन्त्री पौडेलले अहिलेकै नीति, नियमले बीमा धेरै व्यवस्थित हुन नसकेको भन्दै सरकारले त्यसलाई प्रभावकारी बनाउन बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए।

स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेटन सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलले बताए।

‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन,’ उनले भने, ‘त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ।’

बिमाको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई बिमासँग आवद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरु थप पक्षलाई कसरी जोड्न सकिन्छ भन्नेबारे पनि गृहकार्य गरिरहेको उनको भनाइ छ।

प्रकाशित: १४ साउन २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =