रास्वपालाई कांग्रेस-एमालेले निसाना बनाएका छन् : रवि लामिछाने

हिमाल प्रेस १४ साउन २०८१ १६:१२
68
SHARES
रास्वपालाई कांग्रेस-एमालेले निसाना बनाएका छन् : रवि लामिछाने रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको निसानामा आफ्नो पार्टी परेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस-एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन्। संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुदै गएको उनले बताए।

लामिछानेले आफू केही समय नबोलौं भनेर चुप लागेर बसेको भएपनि पछिल्लो समय सदनमा आफुमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे। भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको उनले बताए।

उनले कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझै पनि अनुसन्धान जारी रहेको, बाँसबारी छाला जुत्ता कारखानाको विषय पनि अझैसम्म अनुसन्धानमा रहेको बताए। आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन खोजेको समेत बताए।

लामिछानेले केही समयअघि सहकारी–बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे। त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १४ साउन २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =