स्कुल बस दुर्घटना अपडेट : आमाछोराकै मृत्यु

हिमाल प्रेस १४ साउन २०८१ ११:२८
28
SHARES
स्कुल बस दुर्घटना अपडेट : आमाछोराकै मृत्यु पोखरामा दुर्घटनामा परेको बस।

पोखरा- पोखरामा सोमबार बिहान एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा आमाछोराकै मृत्यु भएको छ।

पोखरा २१ निवासी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीय आरती बिक र उनको ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो। पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए।

घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ। दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

गण्डकी मेडिकल अस्पतालमा पुर्‍याइएकी आरतीलाई चिकित्सकले बिहान पौने १० बजे मृत घोषित गरेका हुन्। यस्तै उपचारका क्रममा उनका छोरा प्रिन्सको पनि मृत भएको हो।
बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको कास्की प्रहरीले जनायो ।

प्रकाशित: १४ साउन २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =