भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

हिमाल प्रेस १४ साउन २०८१ ९:००
6
SHARES
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

काँक्रेविहार- जाजरकोटको भेरी नगरपालिका-१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ। गत कात्तिक १७ गते बारेकोट गाउँपालिका-१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका-१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो।

रिम्नावासी भावना रानाले भनिन्,‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ।’

भेरी १ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन्। उनले भनिन् ‘हाम्रो दुःख बुझ्ने कोही भएनन्।’

प्रकाशित: १४ साउन २०८१ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =