संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक आज बस्दै

हिमाल प्रेस १४ साउन २०८१ ७:३६
8
SHARES
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक आज बस्दै

काठमाडौँ- संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी गठित कार्यदलको बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ।

प्रकाशित: १४ साउन २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =