उपत्यकाका यी खोलामा बाढी जोखिम, सचेत रहन आग्रह

हिमाल प्रेस १४ साउन २०८१ ६:२२
24
SHARES
उपत्यकाका यी खोलामा बाढी जोखिम, सचेत रहन आग्रह

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दैलेखमा ८५ दशमलव ४ मिलिमिटर पानी परेको छ। यस्तै सिन्धुपाल्चोकको गोब्रेमा ७३ मिलिमिटर, डोटीको दीपायलमा ६७ दशमलव ६ मिलिमिटर र सिन्धुपाल्चोकको बाँसखर्कमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ।

भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यस्तै दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि ठूलो वर्षा मापन भएको हुँदा ती क्षेत्र भइ बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने जनाएको छ।

प्रकाशित: १४ साउन २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =