सांसद यादवको प्रश्न : जहाज दुर्घटना हो कि हत्या?

हिमाल प्रेस १३ साउन २०८१ १७:००
50
SHARES
सांसद यादवको प्रश्न : जहाज दुर्घटना हो कि हत्या? राजकिशोर यादव

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद राजकिशोर यादवले सौर्य एयरको विमान दुर्घटनाबारे गम्भीर प्रश्न उठाएका छन्। उनले आज प्रतिनिधिसभा बैठकमा यसबारे प्रश्न उठाएका हुन्।

‘दुर्घटना हो कि हत्या हो ? त्यो दुर्घटना सामान्य होइन। ‘सी’ चेकका लागि काठमाडौंमा नै व्यवस्था भएको भए सायद दुर्घटना हुँदैनथ्यो होला,’ उनले भने, ”सी’ चेकका लागि जाने जहाजमा पाइलट, कोपाइलट र प्राविधिक इन्जिनियरबाहेक अनबोर्ड गर्न पाइँदैन। त्यसमा १९ जना कसरी अनबोर्ड भयो ? त्यसको जिम्मेवारी कसले लिने ?’

उनले विमानमा असम्बन्धित क्षेत्रका महिला, बच्चा र आईटी इन्जिनियर रहेकोप्रति पनि प्रश्न गरे। यादवले नेपालको आकाश सुरक्षित बनाउन राज्य जिम्मेवार बन्नुपर्ने बताए। उनले प्राधिकरण विधेयक मन्त्रिपरिषद्‌मा लुकाइएको भन्दै आपत्ति जनाए।

यादवले ‘मृत्युमा पनि वर्गीय विभेद’ भएको भन्दै आपत्ति जनाए। ‘मृत्युमा पनि वर्गीय विभेद। बसमा दुर्घटना भएर मृत्यु हुनेको राज्यबाट बेवास्ता। तर, हवाइ जहाज दुर्घटनामा हुने खाने वर्गको मृत्यु हुँदा आधा झन्डा झुकाइएको, शोक मनाएको स्थिति छ। जनमानसमा नकारात्मक विमर्शको उठान भएको छ,’ यादवले भने।

प्रकाशित: १३ साउन २०८१ १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast