भारत पुगेका शेखरले भने : कांग्रेसले हरेक प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ

हिमाल प्रेस १३ साउन २०८१ १६:३९
64
SHARES
भारत पुगेका शेखरले भने : कांग्रेसले हरेक प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन्।

उनले अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखी आफूले उठाएको बताए। हरेक ६/६ महिनामा भैरहने सरकार गठन र बिघटनले देशलाई धरासयी बनाएको उनको भनाइ थियो।

‘केवल सत्ता टिकाउँन सधै साना-साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसद्‌मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ’ उनले भने।

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिँकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए। ‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’ कोइरालाले भने।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले निरंकुशता विरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए।

‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीहरुले पुर्‍याउनु भएको‍ योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु’कोइरालाले भने।

प्रकाशित: १३ साउन २०८१ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =