विद्यालय शिक्षा विधेयक निष्कर्षमा पुर्‍याउन कांग्रेसको माग

हिमाल प्रेस १३ साउन २०८१ १५:३७
4.1k
SHARES
विद्यालय शिक्षा विधेयक निष्कर्षमा पुर्‍याउन कांग्रेसको माग आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकास्मिक समयमा आफ्नो धारणा राख्दै सांसद विश्वप्रकाश शर्मा। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसले शिक्षक र कर्मचारीका माग सम्बोधन हुने गरी विद्याय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस महामन्त्रीसमेत रहेको सांसद विश्वप्रकाश शर्माले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयक तत्काल निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले भने, ‘शिक्षक र कर्मचारीका माग सम्बोधन हुनेगरि बिधालय शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउन सरकारले ध्यान पुर्‍याओस्।’ विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ।

महामन्त्री शर्माले संघीयतालाई बलियो र जनमुखी बनाउन अझै कतिपय अधिकारसँग सम्बन्धित विधेयकहरु टुंग्याउन बाँकी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =