गोरखा पहिरो : बाबुरामले भेटे अस्पतालमा घाइतेलाई, बेपत्ताहरूको तुरुन्त खोजी गर्न माग

हिमाल प्रेस १३ साउन २०८१ १५:३४
92
SHARES
गोरखा पहिरो : बाबुरामले भेटे अस्पतालमा घाइतेलाई, बेपत्ताहरूको तुरुन्त खोजी गर्न माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पहिरोमा परी गम्भीर घाइते भएर ग्राण्डी अस्पतालमा उपचाररत घाइतेलाई भेटेका छन्। गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति २ बजे गएको पहिरोमा परी पाँचजना बेपत्ता र दुईजना गम्भीर घाइते भएका छन्।

घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएकाे हाे। बेपत्ता हुनेहरूमा ३७ वर्षीय जीतबहादुर गुरुङ, उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन्।

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष भट्टराईले बेपत्ता र घाइतेप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यले बेपत्ताहरूको तुरुन्त खोजी गर्न माग गरेका छन्।

पहिरो एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।

प्रकाशित: १३ साउन २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =