कञ्चनपुर- कञ्चनपुर होटल व्यवसायी संघको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन्। संघको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएका हुन्।
अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए। उनले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रुपमा अगाडि बढाउन उत्सुक रहेको बताए।
अधिवेशनबाट संघको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खड्का, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भए।सदस्यहरुमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन भएका छन्।
प्रकाशित: १३ साउन २०८१ १३:२८
प्रतिक्रिया