पर्साबाट चरेशसहित व्यक्ति नियन्त्रणमा

हिमाल प्रेस १३ साउन २०८१ ९:३८
4
SHARES
पर्साबाट चरेशसहित व्यक्ति नियन्त्रणमा सांकेतिक तस्बिर।

पर्सा- सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जन कुमार महतोलाई साउन १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।

बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ केजी चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाइल सेट सहित नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिइएको महतोलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

 

प्रकाशित: १३ साउन २०८१ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =