काठमाडौँ उपत्यकामा उर्लिए खोला, [कहाँ कहाँ छ जोखिम?]

हिमाल प्रेस १३ साउन २०८१ ७:४१
14
SHARES
काठमाडौँ उपत्यकामा उर्लिए खोला, [कहाँ कहाँ छ जोखिम?]

काठमाडौँ- वर्षाका कारण काठमाडौं, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलामा जलसतह बढेको छ ।

काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आइतबार बिहान जलसतहले खतरा तह पार गरेको छ । ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह सतर्कता तह पार गरेको छ । वर्षा जारी रहेकाले उपत्यका भित्रका नदी तथा खोलको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्मै सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । त्यस्तै, काठमाडौंको बूढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपासमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह थप बढ्न सक्ने सम्भावना छ । त्यस्तै उपत्यका बाहिर गोरखास्थित दरौदी खोला, नयाँ साँगु जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

प्रकाशित: १३ साउन २०८१ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =