काठमाडौँ- पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याप्रति दुःख व्यक्त गरेका छन्।
रायको मलंगवास्थित घरमा पुगी महतोले श्रद्धाञ्जली अर्पण गर्नुका साथै रायको परिवारजनसमइा समवेदना व्यक्त गरे।
महतोले राज्यमन्त्री रायको हत्याको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेका छन्।
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सोमबार मध्यराति चन्द्रनगर गाउँपालिका–१ स्थित निवासमा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो।
प्रकाशित: १२ साउन २०८१ १६:५६
प्रतिक्रिया