बागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

हिमाल प्रेस १२ साउन २०८१ १४:२२
12
SHARES
बागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

काठमाडौँ- राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ। कोटेश्वरस्थित बागमती पहेँलो पुल नजिकैको बागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ।

सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो । अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिइ निरन्तर जारी छ।

बागमती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ। काठमाडौँ उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, शहरमा पनि सफाइ अभियान सुरु भएको छ। हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ।

प्रकाशित: १२ साउन २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =