कमला ह्यारिसले हराउन सक्लिन् डोनाल्ड ट्रम्पलाई

हिमाल प्रेस १२ साउन २०८१ १७:१८
10
SHARES
कमला ह्यारिसले हराउन सक्लिन् डोनाल्ड ट्रम्पलाई

काठमाडौँ- अमेरिकाको राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेकी छन्। बहालवाला राष्ट्रपति जो बाइडेनका साथै पूर्वराष्ट्रपति बराक ओबामालगायतका नेताहरूले ह्यारिसलाई समर्थन गरेका छन्।

डेमोक्रेटिकका अधिकांश नेताहरूको समर्थन पाइसकेकी ह्यारिसका लागि आगामी नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्नु ठूलो चुनौती हुनेछ।

राष्ट्रपतिका लागि ह्यारिस उम्मेदवार बनेपछि डेमोक्रेट्सले उनलाई निर्वाचित गराउन जिउज्यान लगाउने निश्चित छ। यसका साथै उनको केही कमजोरीलाई समेत उजागर गर्नेछ, जुन बाइडेन हुँदा कम चिन्ताको विषय थियो।

हालै भएका चुनावी सर्वेक्षणमा ह्यारिस पूर्वराष्ट्रपति ट्रम्पभन्दा पछाडि देखिएकी थिइन्। बाइडेनले उम्मेदवारी फिर्ता लिनुअघिकै स्थिति ह्यारिसको देखिएको छ। यद्यपि सर्वेक्षणको अनुमानित आँकडा र भुइँतहको आँकडामा हेरफेरको सम्भावना भने कायमै रहन्छ।

राष्ट्रपति बाइडेनको ‘फिटनेस’ र प्रचार अभियानलाई जारी राख्ने क्षमतालाई लिएर तीन साताको माथापच्चीपछि डेमोक्रेट्सहरू उत्साहित देखिएका छन्। सदनकी पूर्वअध्यक्ष नैन्सी पेलोसीसहित अन्य सबै प्रमुख सम्भावित प्रतिद्वन्द्वीहरूले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारका लागि ह्यारिसलाई समर्थन गरेका छन्। नैन्सी डेमोक्रेटिकको राजनीतिमा सबैभन्दा प्रभावशाली नेतामध्ये एक हुन्।

हालसम्मको अवस्थाअनुसार अमेरिकाको राष्ट्रपति चुनावमा कडा टक्कर हुने निश्चितझैँ छ। पूर्वराष्ट्रपति ट्रम्पप्रतिको विकर्षण र मध्यमार्गी मतदाताहरूलाई आफूतर्फ आकर्षित गर्नुका साथै निराश भएका डेमोक्रेटिक मत भएको आधार क्षेत्रलाई सक्रिय पार्नु ह्यारिसका लागि चुनौतीसँग अवसर पनि हुनेछ।

ट्रम्प समर्थकहरूको उत्साहको बराबरीका लागि आफ्ना समर्थकलाई सक्रिय पार्नु डेमोक्रेट्सका लागि महत्वपूर्ण देखिएको छ। चुनाव अभियानका लागि सबैभन्दा बढी चन्दा डेमोक्रेट्सले पाएको छ।

बाइडेनको घोषणापछि २४ घण्टामा ८ करोड डलरभन्दा बढी चन्दाबाट जम्मा भएको छ। चुनावमा एक दिनमा संकलन भएको यो सबैभन्दा बढी चन्दा हो। ७८ वर्षीय ट्रम्पको तुलनामा ५९ वर्षीया ह्यारिस बढी ऊर्जावान प्रचारक हुनुका साथै आफ्नो पार्टीका लागि अनुकूल माहोल बनाउन सक्षम हुनेछिन्।

पूर्वराष्ट्रपति ट्रम्पको उमेरलाई मुद्दा बनाएर उनले आफ्नो पक्षमा वातावरण बनाउन सक्नेछिन्। ट्रम्पले चुनाव जिते अहिलेसम्मका सबैभन्दा बढी उमेर भएको राष्ट्रपति हुनेछन्।
ह्यारिस ‘ब्ल्याक भोटर्स’ को समर्थन पनि आफ्नो पक्षमा ल्याउन सक्षम हुने विश्लेषकहरू बताउँछन्।

पछिल्लो सर्वेक्षणअनुसार उनीहरू बाइडेनको विरोधमा देखिएका थिए। सन् २००८ र २०१२ मा ओबामाको विजयी गठबन्धनजस्तै ह्यारिसले यसपालिको चुनावमा ‘ब्ल्याक भोटर्स,’ अल्पसंख्यक र युवा मतदातालाई एकजुट गर्नसके ट्रम्पविरुद्ध बलियो स्थितिमा हुनेछिन्।

यसपालिको चुनावमा निर्णायक ठानिएका केही स्विङ राज्यहरूमा ह्यारिसको छविलाई फाइदा पुर्‍याउन सक्नेछ।

सन् २०२० को चुनाव अभियानमा वामपन्थीहरूले दिएको नारा – ‘कमला इज ए कौप’ यसपालि ह्यारिसको चुनावमा ट्रम्पविरूद्ध प्रचारमा मदत पु¥याउनेछ।
ह्यारिस गर्भपतनको मुद्दालाई लिएर बाइडन सरकारको तर्फबाट प्रमुख व्यक्ति थिइन्।

गर्भपतनको मुद्दा हालको चुनावमा डेमोक्रेटिक मतदातालाई आकर्षित गर्न सक्ने सबैभन्दा प्रभावशाली मुद्दा साबित भएको छ।

ह्यारिसका कमजोरी

डेमोक्रेट्स सुरूमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा देखिएको थिएन। गर्भपतनका विषयमा डेमोक्रेट्स समर्थकबीच उत्साह ल्याए पनि उपराष्ट्रपतिका रूपमा ह्यारिसको छवि मध्यम छ।

बाइडेन प्रशासनको प्रारम्भमा ह्यारिसले अमेरिका-मेक्सिको सीमामा अध्यागमन समस्याका मूल कारण समाधान गर्ने जिम्मेवारी पाएकी थिइन्।

रिपलिब्कन सुरुदेखि उनलाई राष्ट्रपतिको ‘बोर्डर जार’ को रूपमा निन्दा गरिरहेको छ।

सर्वेक्षणअनुसार बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिलाई मुद्दा बनाएर ह्यारिसलाई निसाना बनाउने प्रयास भइरहेको देखिएको छ। अमेरिकी उपराष्ट्रपति ह्यारिसको एक कमजोरी, उम्मेदवारका रूपमा उतारचढावले भरेको इतिहास उनको छ।

सन् २०२० को डेमोक्रेटिक ‘प्रसिडेन्सियल’ मनोनयनका बेला पनि उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो। -बीबीसी

प्रकाशित: १२ साउन २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =