नेपालमा कलेजो प्रत्यारोपणका लागि २५ देखि ३५ लाखसम्म लाग्छ खर्च

हिमाल प्रेस १२ साउन २०८१ ९:२९
6
SHARES
नेपालमा कलेजो प्रत्यारोपणका लागि २५ देखि ३५ लाखसम्म लाग्छ खर्च 3D Illustration of Human Liver Anatomy

काठमाडौँ- नेपालमा एक वर्षमा १५ जनासम्मको कलेजो प्रत्यारोपण हुने गरेको पाइएको छ। त्रिवि शिक्षण अस्पतालमा हालसम्म एकै दिनमा १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको छ ।

अस्पतालका कलेजो रोग विभाग प्रमुख तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले दिएको जानकारी अनुसार त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भएको छ।

डा भण्डारीले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको जानकारी दिए। शिक्षण अस्पतालमा २०७६ सालदेखि कलेजो प्रत्यारोपण सुरु भएको हो।

डा भण्डारीले नेपालमा वार्षिक ६० जनाको मात्र कलेजो प्रत्यारोपण हुन सके कलेजो फेल भएका कुनै पनि विरामीले विदेश गएर प्रत्यारोपण गराउनुपर्ने बाध्यता नहुने बताए।

नेपालमा प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । पछिल्लो समय नेपालमा सरकारी तथा निजी अस्पतालबाट नियमित रूपमा मिर्गौला प्रत्यारोपण हुन थालेको छ । भक्तपुरस्थित प्रत्यारोपण केन्द्रबाटै वार्षिक एक हजार दुई सय जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण सफल भएको थियो । त्यसपछि उक्त केन्द्रमा कलेजो प्रत्यारोपणले निरन्तरता पाइरहेको छ ।

केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो । दक्षिण कोरियास्थित सामसुङ मेडिकल सेन्टरबाट आएको कलेजो प्रत्यारोपण सर्जनको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठका अनुसार केन्द्रमा तीन वर्षीय बालकको समेत कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । गत वर्ष उक्त केन्द्रमा तीन वर्षका बालकको जन्मजात पित्तको नलीको विकास नभएको अवस्थामा हेपाटो ब्लास्टोमा क्यान्सरका कारण कलेजो फेल भएकाले कलेजो प्रत्यारोपण गरिएको थियो ।

 

प्रकाशित: १२ साउन २०८१ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =