जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ११ साउन २०८१ १८:२९
24
SHARES
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

शुक्रबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो।

जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमनले साउन २७ देखि ३० गतेसम्म बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिए।

जेठमा जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनपछि जसपा नेपालले पहिलोपटक केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था, नेपालको परराष्ट्र नीति तथा सम्बन्धका विषयमा छलफल हुने जसपा नेपालले जनाएको छ।

त्यस्तै बैठकबाट पार्टीको आगामी वैचाकिर राजनीतिक, संगठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयमा छलफल गरेर निर्णय लिइने छ।

बैठक ललितपुरको थसी बैंक्वेटमा बस्ने जसपा नेपालले जनाएको छ।

अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी भएपछि जनकपुर महाधिवेशनले निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो।

अध्यक्ष यादवले १० जना कार्यकारिणी सदस्य र केन्द्रीय सदस्य तोके पनि पार्टी पदाधिकारीको टुंगो लगाउन सकेका छैनन्।

केन्द्रीय समितिको बैठकपछि पदाधिकारी तोक्ने प्रक्रिया अगाडि बढ्नसक्ने जसपा नेपालका नेताहरूले बताएका छन्।

प्रकाशित: ११ साउन २०८१ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =