ह्यारिसलाई समर्थन गर्ने बराक र मिशेलको घोषणा

हिमाल प्रेस ११ साउन २०८१ १७:४८
38
SHARES
ह्यारिसलाई समर्थन गर्ने बराक र मिशेलको घोषणा

काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले समर्थन दिने भएका छन्।

बहालवाला राष्ट्रपति जो बाइडेन राष्ट्रपति चुनावको दौडबाट बाहिरिँदै ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका थिए।

बाइडेनको यस्तो घोषणापछि ओबामाले कुनै प्रतिक्रिया दिएका थिएनन्। ओबामा मौन बसेपछि ह्यारिसलाई समर्थन नगर्ने धेरैले अनुमान गरेका थिए।

तर, शुक्रबार ओबामा र उनकी पत्नी मिशेलले संयुक्त वक्तव्य जारी गरेर राष्ट्रपति निर्वाचनमा ह्यारिसलाई समर्थन गर्ने जनाएका छन्।

‘कमला ह्यारिसलाई समर्थन दिन पाउँदा खुसी लागेको छ। उहाँको जितका लागि हामीले सबै प्रयास गर्नेछौं,’ ओबामाले  वक्तव्यमा उल्लेख गरेका छन्।

समयको मागअनुसार ह्यारिससँग खाका रहेको ओबामाले बताएका छन्।

सामाजिक सञ्जाल एक्समा ओबामाले लेखेका छन्,‘हामीले कमला ह्यारिससँग कुरा गरेर उहाँ सफल राष्ट्रपति बन्ने र हाम्रा पूरा समर्थन रहने छ।’

ह्यारिसले डेमोक्रेटका लगभग सबै नेताहरूको समर्थन प्राप्त गरिसकेकी छन्।

अगस्तमा हुन लागेको पार्टी सम्मेलनमार्फत उनलाई आधिकारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गरिने बताइएको छ।
गत आइतबार बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएसँगै ह्यारिसले करिब सय जना डेमोक्रेट नेताहरूसँग कुराकानी गरेकी थिइन्।

जसमध्ये एक जना ओबामा पनि थिए। राष्ट्रपतिको दौडबाट बाहिरिने बाइडेनको निर्णयलाई स्वागत गरे पनि उनले ह्यारिसलाई समर्थन दिनेबारे कुनै टिप्पणी गरेका थिएनन्।

प्रकाशित: ११ साउन २०८१ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =