सहरमा आजः थिएटरमा ७ नाटक, हलमा कुन कुन फिल्म?

हिमाल प्रेस १२ साउन २०८१ ६:२२
250
SHARES
सहरमा आजः थिएटरमा ७ नाटक, हलमा कुन कुन फिल्म?

काठमाडौँ-  साउनको दोस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकामा कहाँ के हुँदैछ त? हेरौं

थिएटर मलमा ‘घरको माया’ र ‘एक जोर जुत्ता’
कीर्तिपुरस्थित थिएटर मलमा साउन ८ देखि नाटक ‘घरको माया’ र ‘एक जोर जुत्ता’ मञ्चन भइरहेको छ। विद्यार्थीलाई लक्षित गरेर बनाइएको नाटक कक्षा ८ र ९ को नेपाली किताबमा समावेश छ। नाटक ‘एक जोर जुत्ता’ का लेखक महेशविक्रम शाह हुन्। भने ‘घरको माया’को लेखक भीमनीधि तिवारी हुन्।

दुइटै नाटकको नाट्य रुपान्तरण र निर्देशन शंकर  भण्डारीले गरेका हुन्। नाटकमा शालिक काका, सुशील भुसाल, सुधा खनाल, सुजता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाको अभिनय छ। नाटक शताब्दी, राराहिल मेमोरियल विद्यालय, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा बनेको हो।

कुञ्ज थिएटरमा ‘कर्तव्य’
थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज थिएटरमा साउन ८ देखि नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। नाटक गुरुप्रसाद मैनालीको ‘कतव्र्य’ कथामा आधारित छ। विद्यार्थी लक्षित नाटक कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ। नाटकको नाट्य रुपान्तरण तथा निर्देशन शंकर पोखरेलले गरेका हुन्। कैलाशको सहनिर्देशन रहेको नाटक शिल्पशालाले निर्माण गरेको हो।

नाटक दाजुभाइबीच हुने विवादमा आधारित सामाजिक तथा पारिवारिक कथामा आधारित छ। साउन २३ सम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः ३० बजे मञ्चन हुनेछ। शनिबार दुई सो छ। दिउँसो १ः३० बजे र बेलुका ५ः ३० बजे।

मण्डलामा ‘मेषी दण्ड’ र ‘रेल्वे टु नोव्हेर’
थापागाँउस्थित मण्डला थिएटरमा दुई नाटक मञ्चन भइरहेको छ। ‘रेल्वे टु नोव्हेर’ र ‘मेषी दण्ड’। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको नाटक ‘मेषी दण्ड’ साउन ५ देखि नाटक मञ्चनरत छ। नाटक गीलु रातोसले लेखेका हुन्।

नाटक दुई दशकअघिका सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भाषाका कारण तत्कालीन राज्यबाट भाषाका कारण भोगेको मेषी दण्डसँग सम्बन्धित छ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायतको कलाकारको अभिनय छ। नाटक साउन २७ सम्म मञ्चन हुनेछ। साउन २७ सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन साझँ ५ः४५ बजे र शनिबार दिउँसो १ः३० बजेको दुई सो हुनेछ।

‘रेल्वे टु नोव्हेर’
मण्डलामै अल्मुनाई सर्कलले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको नाटक ‘रेल्वे टु नोव्हेर’ साउन ४ देखि सानो हलमा मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक संयोग गुरागाईं हुन्।

नाटकमा उमेश सुनाम, आरजु खरेल, सिरपा मानन्धर, सुमित्रा पेहिम, आभास भट्टराई, भुवन लोहार भूपी, समिशन जी।सी र सागर खाती कामीको अभिनय छ। नाटक साउन १३ सम्म चल्नेछ।
सोमबार बाहेक साताको प्रत्येक दिन अपरान्ह ४ बजे र शनिबार दिउँसो १२ बजेको अतिरिक्त सो हुनेछ।

शिल्पीमा ‘युगको साँचो’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार २७ देखि नाटक ‘युगको साँचो’ मञ्चन भइरहेको छ। नाटकमा देशमै रोजगारको व्यवस्था गर्न उद्योग कलकारखाना खोल्नुपर्छ भन्ने सन्देशमा आधारित छ।
अंग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को नेपाली अनुवाद हो। टंक चौलागाईंको परिमार्जन र निर्देशनमा बनेको छ।

नाटकमा कलाकार आकांक्षा कार्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, विजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अभिनीत चौलागाईं, अंशिका जोशी, कश्यप ज्ञवालीको अभिनय छ। नाटक साउन १९ सम्म मञ्चन हुनेछ।

मंगलबार बाहेक साताको प्रत्येक दिन साढे पाँच बजे मञ्चन भइरहेको नाटक शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’
सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ।
नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुने नाटक भदौ २९ सम्म चल्नेछ।

हलमा तीन नेपाली, हिन्दी र अंग्रेजी फिल्म
ईश्वर
फिल्म ‘ईश्वर’ साउन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक राजु गिरी हुन्। प्रेमसम्बन्धमा आउने उतारचढाव प्रस्तुत गरिएको फिल्ममा सुनिल थापा, अनु शाह, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, सिभिल मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘ईश्वर’को सो छ।

ब्ल्याक छाया
साउन ११ देखि फिल्म ‘ब्ल्याक छाया’ प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्मका निर्देशक आरएल लामा हुन्। फिल्ममा जान्ह्वी बस्नेत, सलोन बस्नेत, शोभित बस्नेत, नीर शाह, धीरेन शाक्य, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको विश्वज्योति सिनेप्लेक्समा फिल्मको सो छ।

रायन
दक्षिण भारतीय फिल्म ‘रायन’ साउन ११ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक धनुष हुन्। निर्देशक धनुषसहित फिल्ममा नित्य मेनन, प्रकाश राज मुद्यय भूमिकामा छन्। फिल्म एक्सन जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी कभ्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, लबिम मल र सिभिल मलमा फिल्मको २२ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘रायन’ प्रदर्शन भइरहेको छ।

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ तेस्रो सातामा चलिरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा फिल्मको १६ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म घरज्वाइँ चलिरहेको छ।

ब्याड न्युज
बलिउड फिल्म ‘ब्याड न्युज’ साउन ४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिकामा छन्। कमेडी र रोमान्स जनरामा बनेको फिल्म पारिवारिक कथामा आधारित छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मलमा फिल्मको २३ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘ब्याड न्युज’ चलिरहेको छ।

ट्वीस्टर्स
साउन ४ देखि नेपालमा हलिउड फिल्म ‘ट्वीस्टर्स’ प्रदर्शन भइरहेको छ। ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकालगायत कलाकारको अभिनय छ। एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा बनेको फिल्म समुन्द्रमा आँधी आउँदा फसेका पात्रको कथामा आधारित छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर र लबिम मलमा फिल्मको ३ सो छ।

डेस्पिक्याबल मि फो
अंग्रेजी फिल्म ‘डेस्पिक्याबल मि फो’ असार २१ देखि नेपालमा प्रदर्शन भैरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनको फिल्मका निर्देशक क्रिस रेनाउड र प्याट्रिक डेलाज हुन्। फिल्ममा स्टीव क्यारेल, क्रिस्टन विग, जोइ किङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको ५ सो छ।

कल्की
भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मलमा फिल्मको ११ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा भारतीय ‘कल्की’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: १२ साउन २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =