कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै

हिमाल प्रेस ११ साउन २०८१ १७:१०
12
SHARES
कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन भने कायमै

इटहरी- कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा पेस गरेका हुन्। राजीनामा दिने मन्त्रीहरूमा गणेश उप्रेती (भौतिक पूर्वाधार विकास), राजेन्द्र कार्की (स्वास्थ्य) र नारायणबहादुर मगर (पर्यटन, वन तथा वातावरण) छन्।

यसैगरी वन्दना झागड राज्यमन्त्रीले पनि पदबाट राजीनामा दिएकी छन्। तर सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने निर्णय माओवादीले गरेको छ।

 माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज मन्त्रीहरूले राजीनामा दिएको तर समर्थ फिर्ता नलिएको बताए।

संविधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अब माओवादी केन्द्र बाहिरिएसँगै नेपाली कांग्रेस सरकार सहभागी हुने जनाइएको छ।

प्रकाशित: ११ साउन २०८१ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =