युद्धले सिध्याएको एउटा प्राचीन सभ्यता

विद्याप्रसाद घिमिरे १२ साउन २०८१ १२:३७
162
SHARES
युद्धले सिध्याएको एउटा प्राचीन सभ्यता

… सशब्दमभवद् व्योमज्वालामालाकुलं भृशम्।
चचाल च मही कृत्स्ना सपर्वतवनद्रुमा।।
महाभारत।। ८ः१०:१४।।

अर्थात् महाभारत युद्धमा ब्रह्मास्त्र प्रहार भएपछि भयानक वायु जोडदारले वहन थाल्यो। आकाशबाट सहस्रउल्का खस्न थाल्यो। आकाश ठूलो आवाज निकालेर कराउन थाल्यो। समग्र आकाश जल्न थाल्यो। सम्पूर्ण पर्वत, अरण्य र वृक्षसँगै पृथ्वी कम्पायमान हुन थालेपछि प्राणीलाई अत्यन्त भय उत्पन्न भयो।

पौराणिक ग्रन्थ महाभारतमा युद्धको चर्चा छ। सो युद्धमा ब्रह्मास्त्र प्रहार भएको पनि प्रसंग आउँछ। माथिको श्लोकले बताएझैं एकथरी मानिस ब्रह्मास्त्रको तुलना आधुनिक परमाणु बमसँग गर्छन्। यही कारण महाभारतमा छोडिएको ब्रह्मास्त्रलाई उनीहरूले सभ्यता विनाशको जिम्मेवार ठानेका छन्। यस्तै घातक अस्त्र छाडेको कारण त्यसबेलाका धेरै मानव सभ्यता नष्ट भएको भन्ने उनीहरूको मत छ। किनभने केही अन्वेषकले प्राचीन सभ्यताका नरकंकालको परीक्षण गर्दा रेडियो एक्टिभिटीका चिह्न फेला पारेका थिए। ती चिह्न र एटम विस्फोटपछि जापानको हिरोसिमा र नागासाकीका कंकालमा भेटिएका चिह्नमा समान लक्षण भएको उनीहरूले बताएका छन्।

यसै क्रममा यहाँ सिन्धु घाँटीको सभ्यताको चर्चा गरिएको छ। सिन्धु उपत्यकामा हडप्पा र मोहनजोदडो नामका दुई सभ्यता प्रमुख रहेको मानिन्छ। दुवैको भौगोलिक र सांस्कृतिक वस्तुस्थितिको अध्ययन गर्दा समान किसिमका धेरै तथ्य प्रकाशमा आएका छन्। यसमध्ये मोहनजोदडोलाई प्रमुख मानिएको छ। मोहनजोदडो भनेको मृत्युको थुप्रो हो। हालसम्म प्रकाशमा आएका केही तथ्यको आधारमा मोहनजोदडोलाई मृत्युको थुप्रो भनी नामाकरण गरेको पाइन्छ।

के हो मोहनजोदाडो ?

‘मुअन-जो-दड़ो’ सिन्धी शब्द हो- जसले ‘मुर्दाहरूको थुप्रो’ भन्ने अर्थ दिन्छ। यसै शब्दको आधारमा पछि आएर बोलीचालीमा मोहनजोदडो भन्न थालिएको हो। ‘चाल्र्स म्यासन’ले यसको अनुसन्धान गर्ने क्रममा उनको ध्यान सर्वप्रथम हडप्पाको विशाल थुप्रामा गएको थियो। मोहनजोदडो सिन्धु सभ्यतामा निर्मित एउटा नगर हो- जहाँ विशाल आकारका धेरै थुप्रा छन्। मोहनजोदडोलाई हडप्पा सभ्यताकै नगर मानिएको छ। सिन्धु नदीको किनारमा अवस्थित मोहनजोदडो क्षेत्र अहिले पाकिस्तानको सीमाभित्र छ। हडप्पा र मोहनजोदडोमा गरिएको अन्वेषणमा पूर्ण विकसित सभ्यताका अवशेष फेला परेका थिए। सबैभन्दा पुरानो नगरको रूपमा परिभाषित गर्दै ‘सर जोन मार्शल’ले सिन्धु घाँटी सभ्यतालाई ‘हडप्पा सभ्यता’को नाम दिए। मेसोपोटामिया सभ्यतालाई यसको समकालीन सभ्यता मानिएको छ।

हडप्पा र मोहनजोदडो

पाकिस्तानको पन्जाब प्रान्तमा ‘माण्टगोमरी जिल्ला’ छ। यहाँको रावी नदीको बायाँ तटमा हडप्पा नामक स्थल छ। पाकिस्तानकै सिन्ध प्रान्तको ‘लरकाना जिल्ला’ मा सिन्धु नदीको दाहिने किनारामा करिब पाँच किलोमिटर क्षेत्रमा फैलिएको मोहनजोदडोको क्षेत्रलाई आदिम युगको अवशेष मानिएको छ- जुन सिन्धु घाँटीको सभ्यता हो।

हिन्दू धर्म र मोहनजोदडो

हडप्पा तथा मोहनजोदडोमा देवीका असङ्ख्य मूर्ति भेटिएका छन्। मूर्तिहरू मातृदेवी वा प्रकृति देवीका हुन् भन्ने रहस्य खुलेको छ। प्राचीनकालदेखि नै आर्यहरूको विश्वास मातृपूजा र प्रकृति पूजामा रहेको पाइन्छ। आधुनिक कालसम्म आइपुग्दा पनि पूजाको यस अवस्थामा खासै भिन्नता आएको पाइँदैन। उनीहरूमा फलामको समान उपयोग गर्ने प्रचलन रहेको तथ्यसमेत फेला परेको छ। यसबाट उनीहरू फलामबारे जानकार थिए भन्ने पुष्टि हुन्छ। यहाँ सिक्काको चलन पनि रहेको थियो।

यहाँ प्राप्त सिक्कालाई अन्वेषकले सर्वोत्तम कलाकृति मानेका छन्। हडप्पाको उत्खननमा तामाका मोहर प्राप्त भएका थिए। यस क्षेत्रमा चित्रात्मक शैलीको भाषालिपि थियो। मोहनजोदडोबाट प्राप्त भएका सिक्कामा हात्ती, गैंडा, बाघ र गो? अंकित छ। गणेश, देवी र नन्दी एउटै मोहरमा भेटिएको कारण पुरातत्वविद्हरूले यसलाई पशुपतिको मोहर नाम दिएका छन्। हडप्पा र मोहनजोदडोे (पाकिस्तान), चन्हुदडो, लोथल, रोपड, कालीबंगा, सुरकोटदा, आलमगीरपुर (मेरठ), बणावली (हरियाणा), धौलावीरा, अलीमुराद (सिन्ध), कच्छ (गुजरात), रंगपुर (गुजरात), मकरान तट (बलुचिस्तान), गुमला (अफगान-पाक सीमा) आदि क्षेत्रमा सिन्धु सभ्यताका प्राचीन नगर फेला परेका छन्। अहिलेसम्म भारतीय उपमहाद्वीपमा यस सभ्यताका लगभग एक हजार स्थान पत्ता लागेको छ- जसलाई ‘सैन्धव सभ्यता’ नाम दिइएको छ।

सन १८४२ मा ‘चाल्र्स मेसन’ले पहिलोपटक हडप्पा सभ्यता पत्ता लगाएका थिए। यसपछि सन १(२१ मा दयाराम साहनीले हडप्पाको आधिकारिक खोज गरे। यस काममा उनलाई माधोस्वरूप वत्स नामका पुरातत्वविद्ले सहयोग गरेका थिए। उनले त्यहाँ हिन्दू धर्मसँग जोडिएका कयौँ रहस्य भेट्टाइएका थिए। यसमध्ये पुरोहितको मूर्ति, गो?, नन्दी, मातृदेवी, बयलगाडा र शिवलिंग मुख्य छन्। सन १(४) मा यस स्थानको उत्खनन गर्ने क्रममा एमएस वत्सको नामले समेत चर्चित माधोस्वरूप वत्सले एक शिवलिंग फेला पारेका थिए- जुन लगभग पाँच हजार वर्ष पुरानो भएको अनुमान छ।

मोहनजोदडो सभ्यताको स्थापना

अनुसन्धानबाट २६)) ईसापूर्व अर्थात् आजभन्दा ४६१७ वर्षपहिले यस नगरको स्थापना भएको रहस्य खुल्न आएको छ। केही पुरातत्वविद् यस सभ्यतालाई २७)) ईसापूर्वदेखि १()) ईसापूर्वसम्म पुरानो मान्छन्। उनीहरूले द्रविडलाई हडप्पा सभ्यताको संस्थापक मानेका छन्।

मोहनजोदड़ोको आजीविका

मोहनजोदडोमा सुती कपडाको प्रचलन रहेको प्रमाण फेला परेको छ। यसबाट त्यहाँ कपासको खेती हुने गरेको अनुमान गर्न सकिन्छ। अन्वेषकहरूले संसारमा कपास उब्जाउने श्रेय हडप्पावासीलाई दिएका छन्। हडप्पा सभ्यताको मोहनजोदडोमा कपडाका टुक्रा, चाँदीको फूलदानीमा प्रयोग हुने ढक्कन र केही तामाका सामान पाइएको थियो। यहाँका मानिस शतरन्जको खेलबाट मन बहलाउने गरेको तथ्य फेला परेको छ। हडप्पामा फेला परेको माटाका भाँडामा सामान्यतः रातो रङ्ग प्रयोग भएको छ। यहाँ रहेको विशाल स्नानागारमा पानीको प्रवाहलाई रोक्न इँटमाथि जिप्समलगाई त्यसमाथि चारकोलको पत्र राखेको पाइएको छ। यो तथ्यबाट उनीहरू चारकोलको विषयमा पनि जान्दथे भन्ने अनुमान छ।

मोहनजोदडोको खोज

मोहनजोदेडो र हडप्पा सिन्धु घाँटीको सबभन्दा पुरानो तथा विकसित नगर थियो। दयाराम साहनी तथा माधोस्वरूप वत्सले १(२१ ई. मा हडप्पा सभ्यताको खोज गरेका थिए भने ‘मोहनजोदडो’ को खोज राखालदास बनर्जीले गरेका थिए। यी दुवै नगर सँगसँगै छन्।

नगरको संरचना

हडप्पा सभ्यताको सबभन्दा प्रसिद्ध स्थल मोहनजोदड़ो हो। मोहनजोदड़ोको सबैभन्दा ठूलो भवनलाई अन्नागार भनिएको छ। हडप्पाकालीन मानिसले नगरका घर छुट्याउन ग्रीड पद्धति अपनाएको पाइन्छ। यहाँ ठूला÷ठूला घर, चौडा सडक र धेरै सङ्ख्यामा कुवा भएको प्रमाण पाइएको छ। जल र मल निकासका लागि यहाँ नाली राखिने गरेको प्रमाण पनि फेला परेको छ। यी सबैलाई हेर्दा यो नगर आधुनिक नगरभन्दा कम विकसित थिएन भन्न सकिन्छ। पुरातत्त्वविद्का अनुसार हडप्पा सभ्यताअन्तर्गत पर्ने मोहनजोदडो सहर त्रिभुजाकारको थियो।

मोहनजोदेड़ोको विशाल स्नानागारलाई सबभन्दा महत्त्वपूर्ण सार्वजनिक स्थल मानिएको छ। यो स्नानागारनजिक विशाल कक्ष छ- जुन २) स्तम्भमा अडिएको छ। यहाँ आठ फीट गहिरो, २३ फिट चौडा र ३) फीट लामो कुण्ड छ। यसमा वाटरप्रुफ इँट प्रयोग भएका छन्। यी सबै प्रमाणबाट नै यो ठाउँ नुहाउने प्रयोजनका लागि बनाइएको थियो भन्ने अनुमान गरिएको हो। मोहनजोदडोमा पाइएको विशाल स्नानागारको पानी रसाएर बाहिर आउन नदिन इँटमाथि जिप्सम लगाई त्यसमाथि चारकोल प्रयोग गरिएको थियो। नगरका सडक र गल्लीमा आज पनि घुम्न सकिन्छ। यहाँका भित्ता र सडक आज पनि निकै मजबुत छन्।

उत्खननमा फेला परेको रहस्य
यहाँ कालो भएको गहुँ, तामा र काँसका भाँडाबर्तन, मुहरका अलावा केही गोटी, दियो, नाप तौलको पत्थर, तामाको ऐना, माटाको बयलगाड़ी, खेलौना, दुई पाटा भएको चक्की, काइँयो, माटाका चुरा र ढुंगाका औजार पनि भेटिएका छन्। यहाँ खेती र पशुपालनसम्बन्धी केही अवशेष पनि भेटिएको छ।

भनिन्छ- सिन्धको पत्थर र राजस्थानको तामाबाट बनेका उपकरण यहाँको खेतीपातीमा प्रयोग हुन्थ्यो। खेत जोत्ने गरेको हलो पनि हडप्पा सभ्यताको कालीबंगामा फेला परेको छ। उनीहरू हलोको विषयमा जान्दथे भन्ने यो स्पष्ट प्रमाण हो।

मोहनजोदेडो नष्ट हुनुको कारण

यस सर्वप्राचीन सिन्धु घाँटीको सभ्यता कसरी पतन भयो भन्ने कारण अहिलेसम्म प्रकाशमा आउन सकेको छैन। यही कारणले नै यस सभ्यतालाई संसारको रहस्यमयी सभ्यता मानिएको छ। पृथ्वीको आन्तरिक संरचनामा भएको हेरफेर, भूकम्प र जलवायु परिर्वतनले एकातिर सरस्वती नदी भूमिगत भयो भने अर्कातिर सिन्धु नदीले आफ्नो मार्ग परिवर्तन गर्‍यो- जसको चर्काे मूल्य यो सभ्यताले चुकाउनुपर्‍यो।

पहिले सिन्धु नदी हिमालयबाट निस्केर बंगाल वा कच्छको खाडीमा जान्थ्यो। पछि यसले बाटो बदलेर अन्यत्रै गयो। लगभग यसै समयमा एक विश्वव्यापी खडेरी पर्‍यो। यसको असर संसारका सबै सभ्यताका साथै दक्षिण युरोपदेखि भारतसम्म पर्‍यो। करिब २२)) ईसापूर्वमा मेसोपोटेमियाको सुमेरियन सभ्यता पूर्णरूपमा समाप्त भयो। यसै जलवायु परिवर्तनका कारण मिस्र (इजिप्ट) मा पुरानो साम्राज्य खतम भएको थियो। श्रीमद्भागवतको एक स्थानमा श्रीकृष्णजीका दाजु बलरामका कारण यमुना नदीले आफ्नो बाटो फेरेको प्रसंग छ। त्यस समय यमुना सरस्वती नदीको सहायक नदी थियो।

भूकम्पजस्ता ठूला भौगोलिक परिवर्तनका कारण नदीको दुवै ठूला धार समाप्त हुन पुगे। यही परिवर्तनले राजस्थानको ठूलो भूभाग मरूभूमिमा परिणत भयो। यदि भारतीय उपमहाद्वीपको नक्सामा सरस्वती नदीको पुरानो मार्गको अनुमान लगाउने होे भने यो नदी सिन्धुनदीको मार्गनजिकै रहेको अनुमान हुन्छ। पुरातत्त्वविद्हरूका अनुसार त्यसबेला भारतीय उपमहाद्वीपमा सबैभन्दा पुरानो मानिने यो सिन्धु र सरस्वती नदीको किनारामा हुर्केको थियो। केही वैज्ञानिक यो सभ्यता भूकम्पका कारण समाप्त भएको मान्छन् भने चट्याङ वा यस्तै कुनै ठूलो प्राकृतिक विपत्तिका कारण ध्वस्त भएको तर्क राख्नेहरू पनि छन्।

यो सभ्यताबारे शोध गर्ने ड्यालिनोले शोधपत्रमा आजभन्दा करिब चार हजार वर्षभन्दा पहिले पृथ्वीको यस भूभागमा भएको अकल्पनीय जलवायु परिवर्तनको कारण सिन्धु घाँटीको हडप्पा सभ्यता नष्ट भएको लेखेका छन्। यस सभ्यताका सम्बन्धमा प्रकाश पार्ने अर्का विश्लेषक प्रोफेसर डा. ग्वेन रबिन्स सुगनर्थ हुन्। क्यारोलिनास्थित एप्पलचियान स्टेट युनिभर्सिटीमा नरविज्ञान (एन्थ्रोपोलोजी) विषयका एसोसिएट प्रोफेसर डा. ग्वेन रबिन्स सुगनर्थले सामाजिक, आर्थिक र सहरीकरणले जलवायु परिवर्तन निम्त्याएको र यसैको मारमा यो सभ्यता विनष्ट भएको बताएका छन्। तर यस्तो जलवायु परिवर्तनले कसरी मानव सभ्यता प्रभावित भयो भन्ने जानकारी कतै पाइँदैन।
यी दुवै सभ्यता नष्ट हुनुको कारण यस्तो त छैन ?

मोहनजोदडोलाई मृत्युको थुप्रो भनिएको छ। यो सभ्यता जहाँ विस्तारित भएको थियो- आज त्यो क्षेत्र पाकिस्तान र अफगानिस्तानमा पर्छ। महाभारतकालमा त्यसको उत्तरी भागलाई गान्धार, मद्र, कैकय र कंबोजस्थली भनिन्थ्यो। अयोध्या र मथुरादेखि कम्बोज (अफगानिस्तानको उत्तरी इलाका) सम्म आर्यावर्त थियो र बीचमा कु?क्षेत्र थियो। महाभारत युद्ध यही क्षेत्रमा भएको मानिन्छ। कु?क्षेत्रले त्यसबेला धेरै ठूलो क्षेत्र ओगटेको थियो। त्यसबेला मानिसहरूको बसोबास सिन्धु र सरस्वती नदीको किनारमा थियो। सिन्धु र सरस्वतीलाई सीमानामा पारेर यसको भित्री भागमा कु?हरू बस्दथे। यहीँ सिन्धु घाँटी सभ्यताको हडप्पा र मोहनजोदडो नगर थियो- जुन मध्यप्रदेशको नर्मदा उपत्यकासम्म फैलिएको थियो। मोहनजोदडो सिन्धु नदीको दुई टापुमा अवस्थित छ।

पुरातत्त्वशास्त्रीले बीसौँ शताब्दीमा मोहनजोदडो उत्खनन गर्दा त्यहाँका गल्लीमा नरकंकालको अवशेष भेटेको बताएका थिए। कतिपय अस्थिपञ्जर उत्तानो परेर सुतेको अवस्थामा थिए भनिएको छ भने केही अस्थिपञ्जर एकअर्काको हात समातेको अवस्थामा भेटिएको बताइएको छ। यो हेर्दा उनीहरूमाथि अचानक कुनै ठूलो विपत्ति आइलागेको अनुमान गर्न सकिन्छ। भनिन्छ- त्यहाँ पाइएका नरकंकालमा रहेको रेडियो एक्टिभिटीका चिह्न र एटम विस्फोटपछि जापानको हिरोसिमा तथा नागासाकीमा देखिएको कंकालका चिह्नमा समान लक्षण थिए। मोहनजोदडोको कंकालका अवशेषमा नाइट्रिफिकेशनको चिह्न थिए- जुन एटम विस्फोटपछि हिरोसिमा र नागासाकीमा देखिएको थियो।

महाभारतको युद्ध आजभन्दा लगभग ५३)) वर्षपूर्व भएको थियो। युद्धको अन्तिम समयमा गु? द्रोणाचार्यका पुत्र अश्वत्थामाले भगवान् कृष्णले रोक्दा रोक्दै ब्रह्मास्त्र प्रयोग गर्‍यो। पाण्डवका हातबाट पिता द्रोण मारिएपछि अश्वत्थामाको मनमा पाण्डवप्रति बदलाभाव आयो। समूल पाण्डववंश नाश गर्ने प्रतिज्ञा लिई ऊ चुपचाप पाण्डव शिविर गयो।

कृपाचार्य तथा कृतवर्माको सहायताले पाण्डवतर्फ जीवित रहेका पाण्डवका पाँच महारथि छोरालाई उसले मारिदियो। अश्त्थामाको हातबाट अर्जुनका छोरा अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको शिशुमात्र बचेको थियो। जब अर्जुनले यो भयंकर पुत्रसंहार र पुत्रवियोगमा दुखित द्रौपदीको विलाप देखे- उनले तत्काल अश्वत्थामाको शिर काट्ने प्रतिज्ञा गरे। अर्जुनको प्रतिज्ञा सुनेपछि अश्वत्थामा त्यहाँबाट भाग्यो। श्रीकृष्णलाई सारथी बनाएर अर्जुनले उसको पिछा गरे। अश्वत्थामाले कहीं कतै आफ्नो सुरक्षा नदेखेपछि अर्जुनमाथि ब्रह्मास्त्र प्रयोग गरिदियो। अश्वत्थामालाई ब्रह्मास्त्र चलाउने कला आउँथ्यो, तर अस्त्र फर्काउन ज्ञान उसमा थिएन।

ब्रह्मास्त्र प्रयोगपछि अति प्रचण्ड र तेजिलो आगोको मुस्लो आफूतिर आइरहेको देखेर अर्जुन भयभीत भए। ‘तिम्रो भयका कारण अश्वत्थामाले ब्रह्मास्त्र प्रहार गरेको छ- जसले गर्दा तिम्रो प्राण संकटमा छ। यसबाट बच्न तिमीले पनि ब्रह्मास्त्र प्रयोग गर्नुपर्छ, अन्य कुनै अस्त्रबाट यसलाई साम्य पार्न सकिँदैन।’ प्रत्युत्तरमा अर्जुनले पनि आफ्नो ब्रह्मास्त्र छाडिदिए। अश्वत्थामाको ब्रह्मास्त्रले पाण्डव कुलबधू अर्थात् अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको शिशुलाई क्षति पुर्‍याउन खोज्यो। यो देखेपछि श्रीकृष्णले ब्रह्मास्त्रलाई अन्तै मोडिदिए। यस युद्धमा अश्वत्थामाले पाण्डववंश नाश गर्न ब्रह्मास्त्र छाडेको थियो भने अर्जुनले सो ब्रह्मास्त्रको प्रभावलाई निस्तेज गर्न। दुवैद्वारा छाडिएका यी ब्रह्मास्त्रले लाखौँ मानिसको ज्यान लियो।

एक नयाँ अध्ययनले करिब चार हजार वर्षअघि सिन्धु घाँटीको हडप्पा सभ्यता नष्ट हुनुमा मानिसले फैलाएको हिंसा, संक्रामक रोग र जलवायु परिवर्तनलाई जिम्मेवार मानेको छ। यस्ता केही महत्त्वपूर्ण तथ्यको आधारमा केही मानिसको अनुमान यो पनि छ कि यसै समयको सेरोफेरोमा महाभारतको भयानक युद्ध भएको थियो। सो युद्ध भएको क्षेत्रसिन्धु घाँटीको हडप्पा आसपास देखिन्छ। यी तथ्यले कतै सिन्धु घाँटीको हडप्पा सभ्यता विनष्ट गर्नमा कतै महाभारत युद्ध त जिम्मेवार छैन भन्ने प्रश्नमा सोच्न बाध्य बनाएको छ।

प्रकाशित: १२ साउन २०८१ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =