दुर्घटनाबारे सौर्य एयरले भन्यो : अत्यन्तै मर्माहत छौँ, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ

हिमाल प्रेस ११ साउन २०८१ १६:०७
8
SHARES
दुर्घटनाबारे सौर्य एयरले भन्यो : अत्यन्तै मर्माहत छौँ, पीडित परिवारलाई सक्दो सहयोग गर्छौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना भएको स्थलमा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी । तस्बिर : रासस

काठमाडौँ- सौर्य एयरलाइन्सले पछिल्लो दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ ।

अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट जारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।’

उनले सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि निष्ठापूर्वक पुर्‍याएको साथ र सहयोगको पनि संस्थाले कदर गर्ने बताएका छन् ।

प्रकाशित: ११ साउन २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =