एसीसी महिला टी–२० सेमिफाइनल : भारतसामु ८१ रनको लक्ष्य

हिमाल प्रेस ११ साउन २०८१ १५:४५
14
SHARES
एसीसी महिला टी–२० सेमिफाइनल : भारतसामु ८१ रनको लक्ष्य

काठमाडौँ – एसीसी महिला टी–२० प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशले प्रतिद्वन्द्वी भारतसमक्ष ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको दाम्बुलामा शुक्रबार पहिलो सेमिफाइनलमा बंगलादेशले भारतसामु जितका लागि यो लक्ष्य प्रस्तुत गरेको हो।

टस जितेर ब्याटिङ रोजेको बंगलादेशका ब्याटरहरू भारतीय बलरसामु निरीह देखिए।

बंगलादेशका लागि कप्तान निगर सुल्तानाले सर्वाधिक ३२ रन बनाए।

त्यस्तै शोर्ना अख्तरले १९, दिलारा अख्तरले ६, मुर्सिद खातुनले ४, इशामा तन्जीमले ४ रनको योगदान दिए।

भारतका लागि रेनुका सिंहले सर्वाधिक तीन विकेट लिइन्। कसिलो बलिङ गरेकी सिंहले ४ ओभरको स्पेलमा एक मेडिन दिएर जम्मा १० रन खर्च गरिन्।

त्यस्तै राधा यादवले पनि ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन्। पूजा वस्त्राकर र दिप्ती शर्माले १–१ विकेट लिइन्।

समूह ‘ए’ को शीर्ष स्थानमा रहेको भारत र समूह ‘बी’ को दोस्रो स्थानमा रहेको बंगलादेशबीच पहिलो सेमिफाइनल भएको हो।

सेमिफाइनलको दोस्रो खेल आजै श्रीलंका र पाकिस्तानबीच हुँदैछ।

सेमिफाइनलका विजेता दुई टिम उपाधिका लागि फाइलनमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ११ साउन २०८१ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =