मौद्रिक नीति : चेक बाउन्सकै आधारमा कम्पनी‍ कालोसूचीमा नपर्ने

हिमाल प्रेस ११ साउन २०८१ १३:१२
14
SHARES
मौद्रिक नीति : चेक बाउन्सकै आधारमा कम्पनी‍ कालोसूचीमा नपर्ने गभर्नर महाप्रसाद अधिकारी

काठमाडौँ- राष्ट्र बैंकले चेक अनादरसम्बन्धी आफ्नो निर्देशनलाई पुनरावलोकन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का राख्नेलगायत व्यवस्था परिमार्जन गर्ने बताए । यो निर्माण क्षेत्रमा काम गर्ने कम्पनीको हकमा लागू हुने व्यवस्था हो ।

‘विद्यमान कर्जा सूचना र कालोसूचीसम्बन्धी निर्देशनमा पुरावलोकन गरिने छ’, उनले भने । साथै निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था पनि नीतिमा उल्लेख छ।

प्रकाशित: ११ साउन २०८१ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =