यस्तो छ मौद्रिक नीति [पूर्ण पाठसहित]

हिमाल प्रेस ११ साउन २०८१ १३:०३ | Friday, July 26, 2024
यस्तो छ मौद्रिक नीति [पूर्ण पाठसहित]

काठमाडौँ- आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गर्भनर डा.महाप्रसाद अधिकारीले नीति सार्वजनिक गरेका हुन्।

राष्ट्र बैंकले ४ वर्षपछि सेयर कर्जाको सीमा पनि हटाएको छ। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको थियो।

‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिबको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ। मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ शुक्रबार जारी मौद्रिक नीतिमा भनिएको छ।

प्रकाशित: ११ साउन २०८१ १३:०३ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast