मिसेस नेपाल वर्ल्ड-२०२४ को खुल्याे आवेदन

हिमाल प्रेस ११ साउन २०८१ १२:०३
94
SHARES
मिसेस नेपाल वर्ल्ड-२०२४ को खुल्याे आवेदन

काठमाडाैँ- विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ को आवेदन खुल्ला भएको छ। बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजक रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड-२०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भदाै ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरण्को अडिसन गरिने झाले जानकारी गराए।

यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए। मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिने आयोजक निशुकान्त झाले जानकारी गराए। ‘यसपटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्नेछौँ जुन महिला सशक्तिकरणका लागि उपलब्धिमूलक हुनेछ’, उनले भने।

कार्यक्रममा मिसेस नेपाल वर्ल्ड-२०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड-२०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागिताले विवाहित र विभिन्न पेसामा आवद्ध महिलाईलाई थपमाथि उठ्ने मौका दिने बताइन्।

उनले मिसेस नेपाल वर्ल्ड-२०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव सेअर  गर्दै मिसेस नेपाल वर्ल्डमा सहभागी भएपश्चात आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताइन्।

त्यस्तै एमएस नेपाल-२०२३ सीता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताइन्। ‘यो प्ल्याटफर्म नभएको भए सायद मैले यो यात्रा  सुरु गर्न सक्दिनथें होला,’ उनले भनिन्।

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यसपटक बृहत् ढंगले आयोजना गर्न लागेको बताए। प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरीले मिसेस नेपाल  वर्ल्डले प्रत्येक वर्ष उचाइ लिइरहेको चर्चा गर्दै आगामी कार्यक्रमले थप उचाइ लियोस् भन्दै शुभकामना दिए।

स्काई वाक् टावरका प्रमुख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठले विवाहपछि महिलाअगाडि बढ्न असजिलो हुन्छ भन्ने नेपाली समाजमा रिबन ईन्टटेन्मेन्टले विवाहित महिलाका लागि आयोजना गर्दै आइरहेको कार्यक्रममा जोडिन पाउँदा खुसी व्यक्त गरे।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ। सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञले प्रशिक्षण दिनेछन्।

प्रकाशित: ११ साउन २०८१ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =