नारायणगढ-मुग्लिन सडकखण्डमा कन्टेनर र ट्रक ठोक्किँदा भारतीय नागरिकसहित दुईको मृत्यु

हिमाल प्रेस ११ साउन २०८१ ९:२४
10
SHARES
नारायणगढ-मुग्लिन सडकखण्डमा कन्टेनर र ट्रक ठोक्किँदा भारतीय नागरिकसहित दुईको मृत्यु प्रतिनिधिमूलक तस्बिर

चितवन- नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्। भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ साउन २०८१ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =