कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

हिमाल प्रेस ११ साउन २०८१ ८:०४ | Friday, July 26, 2024
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

काठमाडौँ- कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। नकर्मीको बिहीबार राति उपचारका क्रममा निधन भएको
नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले हिमालप्रेसलाई जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ८ देखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका कार्यालयमा राखिने पनि श्रेष्ठले जनाए।

नकर्मीको एक छोरा, एक छोरी र श्रीमती छन्।

प्रकाशित: ११ साउन २०८१ ८:०४ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast