रहेनन् दर्जनाैं कालजयी गीतका गायक जोशी

हिमाल प्रेस ११ साउन २०८१ ७:२९
20
SHARES
रहेनन् दर्जनाैं कालजयी गीतका गायक जोशी

काठमाडौँ- दर्जनाैं कालजयी गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया जोशीको झापाको विर्तामोडमा निधन भएको हो।

१९९३ सालमा धनकुटा-६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनी लामो समयदेखि मधुमेहबाट ग्रसित थिए। २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमै जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए।

उनको ‘रिटिङ रिटिङ…’ , ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ लगायत दर्जनाैं कालजयी गीत लोकप्रिय छन्। उनको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने पारिवारिक स्रोतले जनाएकाे छ।

प्रकाशित: ११ साउन २०८१ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =