राशिफल : मेषकाे रोकिएका काम बन्ने, कन्याकाे मनग्य धन आर्जन हुने

हिमाल प्रेस ११ साउन २०८१ ५:३४
426
SHARES
राशिफल : मेषकाे रोकिएका काम बन्ने, कन्याकाे मनग्य धन आर्जन हुने

आज मिति २०८१, साउन ११ गते शुक्रबार। साउन कृष्ण षष्ठी तिथि। पञ्चाङ्ग सुकर्मा गर उत्तरभाद्र। तदनुसार २०२४ जुलाई २६। ज्याे.जगदीश सुवेदीका अनुसार आज यस्तो छ तपाईँको राशिफल।

मेष राशि

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन्।

वृष

पढाइलेखाईमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।

मिथुन

बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान्। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

कर्कट

व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

सिंह

विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।

कन्या

पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाईसँग रमाइलो भेटघाट हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

तुला

पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ।

वृश्चिक

ठूला व्यक्तिको विशेष सहयोग जुट्नेछ। परिवारबीच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्नेछ।

धनु

पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ।

मकर

सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन। व्यापारबाट राम्रै फाइदाको योग छ।

कुम्भ

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन

नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।

प्रकाशित: ११ साउन २०८१ ५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =