३२ अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस १० साउन २०८१ १५:५५
8
SHARES
३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर २ हजार ५ सय ६८ दशमलव ११ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अङ्कले उकालो लागेर ४ सय ६० दशमलव शून्य तीनमा पुगेको छ। कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ। नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्। मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबीएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन्। रासस

प्रकाशित: १० साउन २०८१ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =